२० बैशाख २०८३, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग छलफलमा बोलाएका छन् । सरकारले उद्योगी तथा व्यवसायीहरूलाई धमाधम पक्राउ गरेपछि त्रसित बनेका निजी क्षेत्रसँग सभापति लामिछानेले छलफल गर्ने लागेका हुन् ।
एक व्यवसायीका अनुसार लामिछानेले निजी क्षेत्रलाई अर्थतन्त्रबारे छलफल गर्ने भन्दै आइतबार निजी क्षेत्रलाई बोलाएका छन् । उनले पठाएको निमन्त्रणमा व्यावसायिक वातावरण सुधार गर्ने निजी क्षेत्रले भोगिरहेका समस्या र अर्थतन्त्रलाई गति दिन आवश्यक सुझावमाथि छलफल गरिने उल्लेख छ ।


रास्वपा सरकार गठनपछि धमाधम उद्योगी व्यवसायी पक्राउ पर्न थालेपछि पछिल्लो समय त्रसित छ । व्यवसायीका कुरा पहिले सुन्ने र गलत प्रमाणित भए मात्र थुन्नुपर्ने निजी क्षेत्रको माग छ ।