मन्त्रिपरिषद्को बैठक बस्दै

होमल्याण्ड खबर

२०८३ बैशाख २५ गते, शुक्रबार १०:०६ मा प्रकाशित

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। यस अगाडि मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।