२५ बैशाख २०८३, शुक्रबार
वैशाख २८ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्न आव्हान गर्ने निर्णय गरेको हो ।


राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका थिए ।
मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संसद्को बैठक आह्वान गरेका थिए ।
संसद्को दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० को बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ । अधिवेशन बजेट अधिवेशन हुनेछ ।
जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्ने प्रमुख कार्यसूची रहनेछ ।