सरकारविरुद्ध सुकुम्बासीको थाल ठटाएर विरोध प्रदर्शन

होमल्याण्ड खबर

२०८३ बैशाख २५ गते, शुक्रबार १३:५५ मा प्रकाशित

काठमाडौंको माइतीघरमा सुकुम्बासीले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।​ उचित व्यवस्थापन र विना विकल्प देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर विरोध जनाएका हुन् ।​

प्रदर्शन संयुक्त सुकुम्बासी मोर्चाले आयोजना गरेको हो । अहिले देशका विभिन्न जिल्लामा सुकुम्बासी बस्ती खाली गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शन भइरहेका छन् ।