ठेकेदार रमेश शर्मा पक्राउ

होमल्याण्ड खबर

२०८३ बैशाख २८ गते, सोमबार १२:२६ मा प्रकाशित

प्रहरीले ठेकेदार रमेश शर्मालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरी उनलाई सहरी विकास मन्त्रालयमा बुझाइएको छ । उनी शर्मा एन्ड कम्पनीका अध्यक्ष हुन् । पटक-पटक ताकेता गर्दा पनि शर्माको कम्पनीले सरकारी ठेक्काको काम नसकेपछि पक्राउ गरेर कारबाही थालिएको हो।