तोलामा ४४ सय बढ्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०८३ बैशाख २९ गते, मंगलवार ११:२४ मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्यमा भारी वृद्धि भएको छ। सोमबारको तुलनामा सुनको मुल्य तोलामा चार हजार चार सय र चाँदीको तीन सय ५५ रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै मंगलबार छापावाला सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि सुनको मुल्य प्रतितोला दुई लाख ९५ हजार पाँच सय रुपैयाँ रहेको थियो।

यता, सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर पाँच हजार छ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।