हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको कडा जवाफ: ‘३५ वर्षे लुटतन्त्रविरुद्धको जनमत सम्मान गरौँ, प्रधानमन्त्रीको राजीनामा चाहिँदैन’

होमल्याण्ड खबर

२०८३ जेष्ठ १ गते, शुक्रबार १५:२५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मुख्य सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले सांसद हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग नगर्न विनम्र अपिल गरेका छन्।

आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै सांसद शाहीले वर्तमान जनादेश विगत ३५ वर्षदेखि देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिहरूविरुद्ध नागरिकले गरेको विद्रोहको परिणाम भएको उल्लेख गरेका छन्। उनले नेताहरूलाई जनमतको कदर गर्दै देश विकासमा सहकार्य गर्न आग्रह गरेका छन्।

सांसद शाहीको भनाइ जस्ताको तस्तै:

“माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लु’टे, भ्रष्टा’चार गरे। तिनैका विरु’द्धको लडा’इँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ। हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो।”