४ जेष्ठ २०८३, सोमबार
प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
सोमबार (जेठ ४) संसद् बैठकमा उनले संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका निम्ति सम्पत्ति छानबिन आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा रहेको बताए ।


“कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन र आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस्,” उनले भने ।
उनले अगाडि भने, “प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र हो, तसर्थ यो गरिमामय सदनमार्फत म सरकारसँग माग गर्दछु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्वगृहमन्त्रीको सम्पत्तिको उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस् ।”