१० जेष्ठ २०८३, आईतवार
नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । बैठकमा सचिवालय सदस्यहरुले धारणा राख्नेक्रम आज पनि जारी रहने छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् ।गत शुक्रबारदेखि जारी सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । १९ सदस्यीय सचिवालयमा अहिलेसम्म १० जना सदस्यहरूले अहिलेसम्म पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका छन् ।
विगतमा ओली पक्षमा खरो देखिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पनि पार्टी पुनर्गठनमा जोड दिएका छन् ।


ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले धारणा राखेका थिए । उनीहरुले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।
हालसम्म धारणा राखेका धेरैजसोले आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई इन्कार गरेको स्रोत बताउँछ । आज सबैले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिने कार्यक्रम छ ।