उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट

होमल्याण्ड खबर

२०८३ जेष्ठ ११ गते, सोमबार १२:२३ मा प्रकाशित

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार (जेठ ११) बिहान काठमाडौंको  लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा  भेटवार्ता भएको हो ।

भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।