१२ जेष्ठ २०८३, मंगलवार
काठमाडौँबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन् । करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्का पक्राउ परेका हुन् ।
काठमाडौँबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् ।


विशेष सूचनाका आधारमा खिचापोखरी पुगेको प्रहरीले टोलीले खानतलासी गर्दा खड्काको साथबाट विभिन्न कम्पनीका २८ हजार ५ सय बिलबिजक नभएका भेप बरामद गरेको प्रहरीको भनाई छ ।
अवैध भेपसहित पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।