आइटिएफ टोली थाइल्यान्ड जाने

होमल्याण्ड खबर

२०७५ पुष २० गते, शुक्रबार १५:४५ मा प्रकाशित

आइटिएफ एसिया यु–१४ डिभेलपमेन्ट च्याम्पियनसिपको डिभिजन २ मा सहभागिता जनाउन ६ खेलाडीसहितको ७ सदस्यीय नेपाली टेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

यही जनवरी ६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान तीन खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । सहभागि सबै खेलाडीले एकल र युगल स्पर्धामा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

नेपालबाट सहभागिता जनाउने तयारीमा रहेका पुरुष खेलाडीमा आरभसम्राट हाडा, आर्यन गिरी र चिराग तिम्सिना तथा महिलामा शर्भानी श्रेष्ठ, सुभांगीलक्ष्मी शाह र इशाश्री शाह छन् । रामेश्वर थापाले प्रशिक्षकको भूमिकामा टोलीको नेतृत्व गर्दैछन् ।
टोलीलाई नेपाल लन टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मललगायतका पदाधिकारीले शुक्रबार विदाइ गरे ।