२४ जेष्ठ २०८३, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफूले सम्बोधन नगरेर राष्ट्रपति पौडेललाई सम्बोधनका लागि सिफारिस गरेपछि पौडेलले सम्बोधन गरेका हुन् । गणतन्त्र दिवसमा राष्ट्रपतिको यो पहिलो सम्बोधन हो ।


उनले सम्बोधनका क्रममा गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए ।
‘यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ । यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो’, उनले भने ।