१५ जेष्ठ २०८३, शुक्रबार
सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गदै उक्त जानकारी दिए ।


यसबाट हाल खाईपाई आएको तलबमा २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्यूततम परिश्रमिक ४० हजारदेखि एक लाखमाथि कायम हुने जानकारी दिए ।