७ कार्तिक २०८३, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा उपस्थित भएपछि उनलाई प्रश्न सोध्न सांसदहरूलाई खुला गरिएको छ । तर, सभामुख डोलप्रसाद अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट मात्रै समय दिएका छन् ।
नेकपाका युवराज दुलालले प्रतिनिधिसभा नियमावली ७९ को ५६ (१) को उल्लंघन भएको भन्दै दुख व्यक्त गरे । प्रधानमन्त्रीलाई लिखित प्रश्न सोध्न पाउनुपर्ने उनको भनाइ थियो । एमालेका सचेतक ऐन महरले पनि नियमापत्ति गरेका छन् ।

