प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने एमालेको माग

होमल्याण्ड खबर

२०८३ जेष्ठ १७ गते, आईतवार १६:४९ मा प्रकाशित

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र बालेन शाहको नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै माफी माग्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भनेका छन्, ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ –संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।’