प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन ज्ञानेन्द्र शाहीको माग

होमल्याण्ड खबर

२०८३ जेष्ठ १८ गते, सोमबार १५:४० मा प्रकाशित

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा उनले नेपालले भारतको जग्गा मिचेको बारे प्रमाण नभए प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरे ।

‘अनुमानको आधारमा राष्ट्र चल्दैन भावनाको आधारमा चल्दैन । प्रमाण पेस गर्न म अनुरोध गर्छु,’ उनले भने, ‘प्रधानमन्त्रीले तथ्यबिना बोलिएको रेकर्डहरू हटाउन माग गर्दछु । यो चिया पसल होइन । नेपालले भारतको सीमा मिचेको कुरा प्रमाण पेस गर्न आग्रह गर्दछु ।’