१८ जेष्ठ २०८३, सोमबार
प्रतिनिधिसभा बैठक कक्षमा सभामुख र सांसदबीचको दूरी बढाइएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो ।


प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा विपक्षी दलहरूले थप छलफलको माग गर्दै वेल घेराउ र नाराबाजी गरेका थिए ।
तनावपूर्ण अवस्थाबीच सभामुख डिपी अर्यालले मर्यादापालकको घेरामा बसेर बैठक सञ्चालन गरेका थिए ।