विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

होमल्याण्ड खबर

२०८३ जेष्ठ १९ गते, मंगलवार १४:०८ मा प्रकाशित

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारे अनपेक्षित अभिव्यक्तिको विरोध जनाउँदै राष्ट्रियसभा बैठक अवरोध गरेका छन् ।

प्रधानमन्त्री बालेनले आइतबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि धेरै ठाउँमा भारतीय जग्गा मिचेको बताएका थिए । त्यसपछि उनको यो विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर विपक्षी दलहरूले माफी माग्नुपर्ने बताउँदै संसद् अवरोध गर्दै आएका छन् ।