रवि लामिछानेसँगको भेटपछि मोदीले भने– नेपालसँगको सम्बन्ध थप उचाइमा पुर्‍याउन तयार छौं

होमल्याण्ड खबर

२०८३ जेष्ठ २० गते, बुधबार १४:४५ मा प्रकाशित

भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग भेटवार्ता गरेको जानकारी दिएका छन्।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। उनले नेपाल र भारतको साझा तथा समृद्ध भविष्य निर्माणका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदारका रूपमा लिइएको उल्लेख गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भारत नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

उनले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा जनस्तरको सहकार्य विस्तारमा भारत प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन्।