२१ जेष्ठ २०८३, बिहीबार
सगरमाथा आरोहण गरी फर्कने क्रममा ‘डेथ जोन’ नजिकैबाट हराइरहेका ओखलढुङ्गाका हिमाल आरोही गाइड दावा शेर्पा (हिलारी दावा) ६ दिनपछि फेला परेका छन् ।
वसन्त ऋतुको आरोहण सिजनको अन्तिम दिन (मे २९) देखि क्याम्प–३ को ‘यल्लो ब्यान्ड’ ७,६०० मिटर क्षेत्रबाट बेपत्ता भएका शेर्पा आज खुम्बु आइसफलको क्रयाम्पन पोइन्ट नजिकै घस्रिँदै आधार शिविरतर्फ आउँदै गरेको अवस्थामा फेला परेका हुन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले उनलाई देखेर तत्काल उद्धार गरेका थिए ।

