यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

होमल्याण्ड खबर

२०८३ जेष्ठ २६ गते, मंगलवार १३:०५ मा प्रकाशित

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकलले विभिन्न चार निर्णय गरेको छ ।

१. तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

२. निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

३. श्री विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने ।

४. पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने ।