२६ जेष्ठ २०८३, मंगलवार
प्रतिनिधि सभामा नेपाली काँग्रेसको आव्हानमा विपक्षी सांसदहरुले आफ्नो ज्यानको आहुति दिएर देशको सीमा रक्षा गर्ने शहिदहरुको सम्मानमा गर्दै पाँच मौन धारण गरिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षा गर्दा शहिद भएकाहरुको आत्मसम्मानमा ठेस पुगेको भन्दै काँग्रेसका सचेतक निश्कल राईले मौन धारण गर्न आग्रह गरेपछि विपक्षी सांसदहरुले साथ दिएका थिए । सो अवसरमा सत्ता पक्षका सांसदहरु भने बसिरहेका थिए । सचेतक राईले प्रधानमन्त्री बालेन्द्र शाह नेपालले भारतको सीमा मिचेको प्रमाणित गर्न लागिपरेको आरोप लगाउदै सत्ता पक्षका सांसदहरुले समेत नेपालले भारतको सीमा मिचेको प्रमाणित गर्न लागेको आरोप लगाएका थिए ।


सभामुख डिपी अर्यालले भने विपक्षी दलहरुले मौन धारण गरेको भन्दै यसले संसदको अपमान भएको टिप्पणी गर्दै सचेत गराएका छन् ।