३१ जेष्ठ २०८३, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी डा.अच्युतम लामिछानेलाई २ मतले पराजित गर्दै नेतृत्व हात पारे ।


उपसभापतिमा सुरेन्द्र भट्ट विजयी भएका छन् भने महामन्त्रीमा मेनुका ठकुरी निर्वाचित भएकी छन् ।
सहमहामन्त्री (खुला)मा मिनप्रसाद गैरे र सहमहामन्त्री (महिला)मा स्वस्तिका लामिछाने विजयी भए ।
६५ सदस्यीय प्रदेश समितिको निर्वाचनमा सभापतिमा अर्याल विजयी भए पनि अन्य प्रमुख पदमा दुवै प्यानलका उम्मेदवारले सफलता हासिल गरेका छन् ।