बोल्दा नि सुख छैन, नबोल्दा पनि सुख छैनः प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ पुष २२ गते, आईतवार १४:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा नि सुख नपाएको नबोल्दा पनि सुख नपाएको अभिब्यक्ति दिएका छन् ।

आइतवार दिनको १ बजे प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोल्दा नि नहुने र नबोल्दा पनि सुख नपाइने अवस्था भएकाले आफूले सरकारले पछिल्लो दश महिनामा गरेका काम बारे जानकारी लागेको बताए ।

ओलीले भने, ‘बोल्दा पनि कामै नगरी बोल्यो भनिन्छ। नबोली बस्यो सरकार के गर्दैछ भनेर प्रश्न गरिन्छ।’ प्रधानमन्त्रीले अगाडि भने, ‘तर्क र बहस गर्नुछैन। गर्नु छ त केवल विकास। त्यसैले म सदनमा उठाइएका रंगीविरंगी प्रश्नलाई सम्बोधन गर्न उभिएको छु।’
ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न आग्रह गरेका छन्।

उनले भने, ‘सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको रु कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ रु जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०र६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने पनि बताए । आधिकारिक ट्रेड युनियनसँग भएको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको उनको भनाई थियो ।

ओलीले आउँदो जुन महिनापछि भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु र ६ महिनापछि परीक्षण उडान हुने बताए। गत वर्ष ४ दशलम २ प्रतिशत महंगी थियो भने यस वर्ष ३ दशमल ७ प्रतिशतमात्र रहेको उनको अभिब्यक्ति थियो । ओलीले यस वर्ष आर्थिक बृद्धि दर ८ प्रतिशतको हाराहारीमा हुने दाबी समेत गरे ।