१ असार २०८३, सोमबार
नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारले विपक्षी राजनीतिक दल र तिनका नेतालाई फाइल खोल्छु भन्दै धम्क्याउने काम गरिरहेको आरोप लगाएकी छन्।
उनले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना हुँदा उनले विपक्षी नेताका फाइल खोल्छु भनेर दिएको धम्कीको पनि विरोध गरिन्।


‘फाइल खोल्ने धम्की दिने मात्रै होइन, त्यो तुरुन्तै खोलियोस्,’ उनले भनिन्, ‘टि-स्टेटको फाइल सबैभन्दा पहिला खोलियोस्। विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडी के-के छन्, ती सबै फाइल खोलियोस्। यदि छानविन हुँदा प्रमाणित भएन भने उहाँले कठघरामा उभिने आँट पनि गर्नुपर्छ।’