१ असार २०८३, सोमबार
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले आवश्यक परे दुई देशको सहमतिमा पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी हुन् ।


सत्यतथ्य छानबिन गरी आवश्यक कुटनीतिक पहलमार्फत सीमा विवाद समाधानको काम अगाडि बढाउन सरकारसँग उनले माग गरिन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानको सवाल मुलुकको राष्ट्रिय स्वाधिनता र मौलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय भएकामा उनले जोड दिइन् ।