२ असार २०८३, मंगलवार
श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति अविलम्ब हटाउनुपर्ने र उक्त अभिव्यक्ति हटाउनुपर्ने बताएका छन् ।
भारतको भूभाग हामीले बचाइदिनुपर्ने र हाम्रोमा डुबान गर्नुपर्ने राष्ट्रघाती सन्धि सम्झौता करार हो जस्तो मलाई लाग्छ’, सांसद राईले भने, ‘यो विषयमा सरकारले गम्भीर भएर खोजोस् भन्ने माग राख्न चाहन्छु ।’


त्यस्तै उनले सप्तरीको राजविराजमा ८५ वर्षअघिबाट विटौरी जग्गामा बसोबास गरेका स्थानीयले धनीपुर्जा माग गर्दै आन्दोलन गरिरहेको अवस्थामा सरकारलाई चासो र चिन्ता देखाउनुपर्ने बताए । त्यसैगरी उनले सुनसरी १ को रामधुनीमा झोडा फाँडेर बसेका स्थानीयले ६६ बर्षदेखि लालपुर्जा नपाएको भन्दै उनीहरूको समस्या समाधान गर्नुपर्नेतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले कतिपय स्थानमा नक्कली जग्गाधनी देखिने गरेको तथा माइतीघरमा दशौथरी मानिस महिनौँसम्म डेरा कसेर बसेका मानिकाबारेमा न्याय दिन माग गरे ।