‘फ्री भ्रिसा फ्री टिकट’को ‘कन्सेप्ट’ सच्याउँदैछौँ : मन्त्री यादव

होमल्याण्ड खबर

२०८३ असार ३ गते, बुधबार १३:२६ मा प्रकाशित

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘फ्री भिसा फ्री टिकट’को ‘कन्सेप्ट’ गलत भएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि मन्त्रालयत छलफलको जवाफ दिने क्रममा उनले यसलाई परिवर्तनका लागि कार्यदल गठन गरिएको बताए । “फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो । त्यतिबेला त्यही गरिएको हो । गलत कन्सेप्ट हो । यसलाई परिवर्तन गर्नका लागि जेठ २२ गते कार्यदल गठन गरेर ३५ दिनको समय दिएको छु,” उनले भने, “त्यहाँभित्र उहाँले रिपोर्ट बुझाउनुपर्छ ।”

उनले त्यसलाई वैज्ञानिक बनाउनुपर्ने बताए । १८ सय मेनपावर, ३० लाख बढी श्रमिक विदेशमा रहेको सुनाए । “रिपोर्ट आइसकेपछि प्राक्टिकल हुने गरी अघि बढाउँछौँ,” उनले भने । वैदेशिक रोजगारीमा फ्री भिसा फ्री टिकटको व्यवस्था छ ।