एकैदिन १० हजार ५ सय रुपैयाँ घट्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०८३ असार ५ गते, शुक्रबार ११:३५ मा प्रकाशित

शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मुल्य तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्ययसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मुल्यपनि भारी घटेको छ । आज चाँदीको मुल्य तोलामा ३०५ रुपैयाँ घटेर ४६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।