७ असार २०८३, आईतवार
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।
उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए । रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।


कांग्रेस सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदैछन् ।