८ असार २०८३, सोमबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफ्नै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गर्दै ‘जनता कसैको दास नभएको’ टिप्पणी गरेका छन् ।
शाहीले फुटबलको उदाहरण दिँदै लेखेका छन्, ‘फुटबलको गोल र चुनावको भोट कसैको हुँदैन । जसले राम्रो खेल्न सक्यो, गोल उसैको हुन्छ । जसले जनताको मन जित्यो, भोट उसैको हुन्छ। ’


उनले अगाडि लेखेका छन्, “आज चितवनमा केही नेताहरूले ‘मेरो भोट’, ‘हाम्रो भोट’ भनेछन् । जनता कसैको दास होइनन् । त्यो भोट रास्वपाकै हो । यो चुनावमा जनताले रास्वपालाई मौका दिएका छन्, त्यसैले हामी सबैले स्विकार्नुपर्छ । जनताको जनमतभन्दा ठुलो कुरा केही छैन ।”
रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका मतदाताले ‘बालेन शाहले राजा फर्काउँछन् भनेर रास्वपालाई भोट हालेको दाबी गरेका थिए । सोही कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि उस्तै धारणा राखेपछि शाहीले त्यसको विरोध गरेका हुन् ।