रास्वपा महाधिवेशनको बन्दसत्र शुरू

होमल्याण्ड खबर

२०८३ असार ९ गते, मंगलवार १६:०० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र शुरू भएको छ ।

सोमबार नै शुरू गर्ने भनिएको बन्दसत्र मंगलबार दिउँसो मात्र शुरू भएको हो । अहिले पार्टी सभापति रवि लामिछानेले बन्दसत्रलाई सम्बोधन गरिरहेका छन् ।

नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।

महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिने भएको छ ।

८० वटा विद्युतीय मशिनमा मतदानको तयारी भएको छ ।

एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिए ।

उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने पनि उनले जानकारी दिए ।