सुनको मूल्यमा प्रतितोला १० हजार बढीको गिरावट

होमल्याण्ड खबर

२०८३ असार ११ गते, बिहीबार १०:५० मा प्रकाशित

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलाको १० हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४८५ रुपैयाँ रहेको थियो ।