सुनचाँदीको मूल्य घट्यो

होमल्याण्ड खबर

२०८३ असार १५ गते, सोमबार ११:२७ मा प्रकाशित

नेपाली बजारमा सोमबार (असार १५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँमा झरेको छ । आइतबार (असार १४) छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।