प्रथम महाधिवेशनपछि रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरू

होमल्याण्ड खबर

२०८३ असार १७ गते, बुधबार १३:४२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ ।

बिहान नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीले शपथ ग्रहण गरेपछि घण्टीघरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरू भएको रास्वपाले जनाएको छ ।

असार ७ गतेदेखि शुरू भएको रास्वपाको प्रथम महाधिवेशन सहमतिका प्रयासका कारण तय गरिएको कार्यतालिकाभन्दा लम्बिएको थियो । महाधिवेशन छ दिनपछि सम्पन्न हुँदै नयाँ नेतृत्वसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

पार्टी विधानअनुसार सभापतिलाई थप ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहेको छ । त्यसपछि रास्वपाको केन्द्रीय समिति पूर्ण १५० सदस्यीय हुनेछ ।