इन्धनको मूल्य घटेसँगै गाडीभाडा घटाउने तयारी

होमल्याण्ड खबर

२०८३ असार १७ गते, बुधबार १५:२४ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने तयारी गरेको छ ।

विभागका अनुसार नयाँ भाडादर सम्बन्धी सूचना आजै सार्वजनिक हुन सक्नेछ ।

यातायात व्यवसायीले इन्धनको मूल्यअनुसार वैज्ञानिक र पारदर्शी रूपमा भाडा समायोजन गर्नुपर्ने बताएका छन् ।

यद्यपि उपभोक्ता पक्षले भने इन्धनको मूल्य बढ्दा जति दरमा भाडा बढाइएको थियो, घट्दा पनि सोही अनुपातमा घटाइनुपर्ने माग गरेको छ ।

अन्तरप्रदेशको नयाँ भाडादर लागू भएपछि प्रदेश सरकारले पनि सोही आधारमा स्थानीय सार्वजनिक यातायातको भाडा समायोजन गर्ने तयारी गरेका छन् ।