२२ असार २०८३, सोमबार
नेपाली कांग्रेसको देउवा समूहले छुट्टै वीपी स्मृति दिवस मनाउने निर्णय गरेको छ । समूहको सोमबार उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि नेता मीन विश्वकर्माले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँग विशेष महाधिवेशनदेखि अहिलेसम्म भए गरेका गतिविधिहरू सुनाएका विश्वकर्माले बताए ।

