२५ असार २०८३, बिहीबार
प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले उठेर विरोध जनाएका छन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजको बैठक सुरु गर्ना साथ विपक्षी दल नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध जनाएका छन् ।
उनीहरुले करिब एक महिनादेखि प्रधानमन्त्रीको खोजी गर्दै आएका छन् । विपक्षी दलहरुले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्ने माग गर्दै आएका छन् ।

