२६ असार २०८३, शुक्रबार
राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
उनले आत्मदाह प्रयासपछि गणेश नेपालीलाई उद्धार गर्ने क्रममा भएको व्यवहारप्रति प्रश्न उठाउँदै संलग्न ट्राफिक प्रहरी, नगर प्रहरी र अन्य सुरक्षाकर्मीमाथि कडा कारबाही गर्न माग गरे।


विश्वकर्माले राज्यको क्रुर व्यवहारका कारण गणेश नेपालीको मृत्यु भएको दाबी गर्दै बालेन सरकारलाई तत्काल राजीनामा दिन आग्रह गरे।