३१ असार २०८३, बुधबार
जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा दिक्तेलस्थित मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।
असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभएको छ । बेहोस अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकामा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

