३२ असार २०८३, बिहीबार
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकै रहेको सिमखोलामा आएको बाढीमा स्कुटरसहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन्।
खोजीको क्रममा बिहीबार बिहान स्कुटर चालक सर्लाहीको बागमती नगरपालिका १ का २९ वर्षीय महेश कुमार कार्की मृत अवस्थामा फेला परेका हुन्।


उनकाे स्कुटर भेटिएको स्थानभन्दा केही तल खोलाको किनारमा करिब एक मिटर गहिरो बालुवा र लेदोमा पुरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
महेश सवार बागमती प्रदेश ०२-०३२ प ८०५४ नम्बरको स्कुटर मंगलबार घटनास्थलबाट झण्डै एकसय मिटर तल फेला परेको थियो।
काठमाडौँबाट सर्लाही जाँदै गरेका उनी सम्पर्क बिहीन भएपछि ३० गतेदेखि आफन्तहरू खोजी कार्यका लागि मकवानपुर आएका थिए।