सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने

होमल्याण्ड खबर

२०८३ श्रावण ४ गते, सोमबार १६:२७ मा प्रकाशित

सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ ।

सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ ।