आज मन्त्रिपरिषद बैठक बस्दै

होमल्याण्ड खबर

२०८३ श्रावण ६ गते, बुधबार ११:५४ मा प्रकाशित

आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषयवस्तु र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।