सुनसरी घटना: मृत्यु हुनेको संख्या दुई पुग्यो

होमल्याण्ड खबर

२०८३ श्रावण ११ गते, सोमबार १६:०२ मा प्रकाशित

सुनसरीको देवानगञ्ज गाँउपालिका- ३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको छ । आइतबार राति गोली लागेर ३० वर्षीय स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको बताएकी पालिका उपाध्यक्ष कुमारी विभा यादवले सोमबार करिब १२ बजे गम्भीर घाइते भएका ओम मेहताकोसमेत उपचारका क्रममा मृत्यु भएको हो ।

उपाध्यक्ष यादवकाअनुसार घटनामा गम्भीर घाइते भएका मेहताको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी, अर्का एक गम्भीर घाइतेको विराटनगरकै न्यूरो अस्पतालमा उपचार भइरहेको उनले बताइन् ।

वडाध्यक्ष अनिलकुमार भगतले रातिको समयमा सडकमा विद्युत नहुँदा घटना भएको बताए । ‘देवानगञ्ज गाँउपालिकाको वडा नम्बर ३ कप्तानगञ्जमा यसप्रकारको सामुदायिक घटना भएको थिएन ’, वडाध्यक्ष भगतले भने,‘यसअघि, दुवै सम्प्रदायका मानिसहरूको बसोबास मिल्ती रहेको थियो । इुवाहरुसमेत संयम थिए । सामान्य झैझगडाले यति ठूलो रुप लिने विश्वाससमेत थिए । सानोतिनो समस्या भएपनि मिलेरै बसेको थियौं । केहीपर्दा दुवैसमूलाई राखेर समस्याको हल निकालिने गरिएको थियो ।’

हाल सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको भएपनि चौकमा पसल तोडफोडको घटना भइरहेको उनले बताए । तर, आइतबार राति एकाएक भजनको डिजे चर्को ध्वनीबाट उत्पन्न समस्याले दुईजनाको मृत्यु भएको उनले बताए ।

सो घटना कप्तानगञ्जको कृषिभवन नजिकैको नयाँ हाट बजार क्षेत्रमा भएको वडाध्यक्ष भगतले बताए ।

जहाँ शिव मन्दिर रहेको छ । साउने सोमबारको जल चढाउन सप्तकोशी जाने क्रममा राति केहीयुवाहरु डिजेसहित शिव मन्दिर नजिक रोकिएका थिए । सोही क्रममा अर्को समुदायका मानिसहरुले डिजे बन्द गर्न दबावदिए । डिजे बजाउँदै मन्दिर नजिक पुगेका करिब १०, १५ जनाको युवाहरुले उनीहरुको कुरालाई नमानेपछि तोडफोड गरिएको थियो ।

सो क्षेत्रमा करिब ८० घर मुश्लिम समुदायको रहेको वडाले जनाएको छ । डिजे र अन्य युवाहरुबीच कुटपिट भएपछि, सो क्षेत्रमा एकाएक ठूलोसंख्यामा हिन्दू युवाहरुको उपस्थिति हुन पुगेको थियो । त्यसपछि घटनालाई थप अघि बढ्न नदिन त्यहाँ रहेका ५ जना प्रहरीले नसक्ने भएपछि थप सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

वडाध्यक्ष भगतले भने, ‘राति भएको सो घटनामा गोली चलेको हो । सुरुमा हवाई फायर भएको थियो। त्यसपछि गोली चल्दा युवाहरुलाई लागेको हो । त्यसबेला विद्युतसमेत गएको थियो । अध्यारोमा गोली प्रहरीले चलायो वा अन्यत्रबाट चल्यो त्यो भने भन्न सकिएन् । गोली लागेर एक जनाको मृत्यु भइसक्यो, अरु एकजना गम्भीर रहेका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररर्थ रहेकाछन् ।’