सर्वदलीय बैठकमा गगन थापा – यतिखेर सरकार के गर्दैछ, कहाँ छ ?

होमल्याण्ड खबर

२०८३ श्रावण १३ गते, बुधबार १०:५१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाप्रति प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सुनसरी घटनालगायतका विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले आज बिहान सिंहदरबारमा बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सुनसरीमा शान्ति स्थापनाका लागि प्रधानमन्त्री शाह स्टाटसमा मात्र सीमित भएको टिप्पणी गरेका हुन्।

थापाले भने, ‘माननीय सभापति मार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ रु कहाँ छ ? ’उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने बताए ।

‘यतिबेला त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो । प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने हो । सबैबाट साझा प्रयास गर्ने कुराको एउटा आधार तयार गर्ने हो’, उनले भने ।

सर्वदलीय बैठकबाट निस्कने क्रममा गगन थापाको भनाई

यो बेलामा प्रधानमन्त्रीले रिच आउट गर्नु पर्दैनर ? सबैलाई जोड्ने प्रयाश गर्नु पर्दैन रु सबैको भएर सबैलाई जोडेर लैजाने प्रयाश गर्नु पर्दैन रु गर्नुपर्छ भन्ने हामी ठान्छौँ । सरकार बन्दुकको गोली र लाठ्ठीमा मात्र भेटिनु हुँदैन। स्टाटसहरुमा मात्र सिमित रहनु हुँदैन। सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। लिडरले ऋयििबदयचबतभ गर्न सक्नुपर्छ। अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि विश्वास गर्छ। यतिबेला प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो, राष्ट्रपतीलाई भेट्ने हो, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने हो। आफुले गरिरहेका प्रयाशका बारेमा बताउने हो। साझा प्रयाशका लागि आधार पनि निर्माण गर्ने हो। भुकम्प र कोभिडका बेला दलहरुका बिचमा तनाव व्यापक थियो तर प्रधानमन्त्रीले बोलाउँदा सबै जना दौडिएर आएका थियौँ। यो नेपाली राजनीतिक दलहरुको क्यारेक्टर हो। नेपालका सबै प्रधानमन्त्रीहरुले अप्ठेरो पर्दा यो गर्दै आउनु भएको छ।