१७ श्रावण २०८३, आईतवार
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु खुकुलो बनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यू खुकुलो पारिएको उल्लेख छ ।
प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यू थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गर्ने जनाएको छ ।


साथै गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दुरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न र कर्फ्यु खुकुलो पारिएको बेलामा ५ जनाभन्दा बढी भेला नहुन समेत आग्रह गरिएको छ ।