१७ श्रावण २०८३, आईतवार
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठक २४ साउन दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।
बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।


बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुनेछ । इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाएको छ।