ज्ञानेन्द्र शाहीको कडा टिप्पणी: “चस्मा कालो होस् कि सेतो, काम गर्ने चाहिएको हो”

होमल्याण्ड खबर

२०८३ भाद्र ९ गते, मंगलवार १५:२६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा सांसद ज्ञानेन्द्र शाहीले सरकार र नेतृत्वको शैलीलाई लिएर कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको बाह्य आवरण वा शैलीभन्दा पनि ठोस नतिजा र काम मुख्य हुनुपर्नेमा जोड दिएका छन्।

चीनीयाँ नेता डेंग शियाओपिङको प्रसिद्ध भनाइ “बिरालो कालो होस् कि सेतो, मुसा मारे पुग्छ” भन्ने शैलीलाई उद्धृत गर्दै उनले नेतृत्वलाई काम गरेर देखाउन चुनौती दिएका हुन्।
प्रमुख भनाइ र सन्देश:

"प्रधानमन्त्रीको चस्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो। बिरालो कालो होस् कि सेतो, मुसा मार्न सक्नुपर्‍यो। त्यसैले कालो चश्मा कि सेतो चश्मा होइन, काम गर्ने चश्मा चाहिएको हो।" — ज्ञानेन्द्र शाही