तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजार क्षेत्रमा ठूलो क्षति

होमल्याण्ड खबर

२०८३ भाद्र १० गते, बुधबार १०:२६ मा प्रकाशित

तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।

बाढीले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।